१० % बोनसपछि कति मूल्यमा समायोजन भयो एनआइसी एशियाको सेयर ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य ३७१ रुपैयाँ हुने गरी समायोजन गरेको हो ।

उक्त बैंकको औसत आधारमूल्य भने ४१८ रुपैयाँ कायम भएको छ । लभांश शेयर पछि बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।


पुष्प दुलाल