यी अर्बपतिले सन् २०१८ मा गुमाए अर्बौँ डलर



२०१८ साल विश्वको सेयर बजारमा निकै नै उतारचढाव रह्यो । बजारको यो हलचलले ठूला भनिएका अर्बपतिहरुले नै अर्बै डलरको नोक्सानी भोग्नु पर्यो । कुनै कम्पनीले लगभग आधा तथा कतिले एक चौथाई सम्पत्ति सेयर बजारबाट गुमाए । विश्वका अर्बपतिहरुले यो वर्ष गुमाउने नै वर्षको रुपमा रहेको छ । कसले कति गुमाए हेर्नुहोस् ।

मार्क जुकरवर्ग

सन् २०१८ मा सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा फेसबुकका सहसंंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुगरवर्ग पर्छन् । उनले सन् २०१८ मा १९.३ अर्ब अमेरिकी डलर गुमाएका छन् । उनीसँग ५३.५ अमेरिकी डलरको सम्पत्ति छ ।

पोनीमा

चिनियाँ कम्पनी टेनसेट होल्डिङको सहसंस्थापक फोनीमाले सन् २०१८ मा १०.९ अर्ब अमेरिकी डलर गुमाएका छन् । अहिले उनीसँग ३०.१ अर्ब अमेरिकी डलरको सम्पत्ति छ ।

ज्याकमा

चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलीबाबाका संस्थापक तथअ ध्यक्ष ज्याकमाले यो वर्ष ७.३ अर्ब अमेरिकी डलरको सम्पत्ति गुमाएका छन् । उनको अहिले सम्पत्ति ३८.१ अर्ब अमेरिकी डलर रहेको छ ।

विलियम डिंग

अनलाइन गेम अपरेटर विलियम डिंगले सन् २०१८ मा ६.४७ अर्ब अमेरिकी डलर नोक्सान भोगेका छन् । उनको सम्पत्ति अहिले १३.९ अर्ब अमेरिकी डलर रहेको छ ।
चार्ली एरगेन

अमेरिकाको चौथो ठूलो पेटिभी सर्विस डिश नेटवर्कका अध्यक्ष चार्ली एरगनलाई पनि २०१८ फागेन । उनले ४.९ अर्ब अमेरिकी डलर नोक्सान भोगेका छन् । उनीसँग अहिले १०.९ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ ।

रोविन लि
चीनको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी बेदुडटकमका संस्थापक रोविन लिले सन् २०१८मा ३.५७ अर्ब गुमाए । उनीसँग १३.२ अर्ब अमेरिकी डलरको सम्पत्ति छ ।

एडवारो सावेरिन

फेसबुकका लगानीकर्तालाई सन् २०१८ मा फाइदा जनक भएको छैन । फेसबुकका सहसंस्थापक रहेका एडवारो सावेरिनले सन् २०१८मा २.२२ अर्ब अमेरिकी डलर गुमाए । उनीसँग ७.३५ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ ।

डस्टिन मोस्कोविट्स

डस्टिन मोस्कोविट्सले सन् २०१८ मा २.२२ अर्ब अमेरिकी डलर गुमाए । साना कम्पनीको सिइओ तथा सहसंस्थापक डस्टिन कम्पनीसँग १०.१ अर्ब अमेरिी डलर सम्पत्ति छ । उनले फेसबुकको स्थापना गर्दा जुगरवर्गलाई सहयोग गरेका थिए ।

राफ डोबरमुथ

राफ डोबरमुथले सन् २०१८ मा २.०८ अर्ब अमेरिकी डलर गुमाए । जर्मनीको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी युनाइटेड इन्टरनेटका सिइओ राफ डोमरमुथको कुल सम्पत्ति ३.९१ अर्ब अमेरिकी डलर रहेको छ ।

अजिव प्रेमजी
सन् २०१८ मा बढी सम्पत्ति गुमाउनेमा भारतीय अर्बपति अजिव प्रेमजी पर्छन् । उनले १.८२ अर्ब अमेरिकी डलर गुमाएका छन् । विप्रो कम्पनीका अध्यक्ष प्रेमजीसँग १६.१ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ ।


क्लिकमान्डु