च्याप्प समाउँदै, झ्याप्प फर्काउँदै प्रहरी (फाेटाे फिचर)



काठमाडाैँ । एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाकाे कार्यक्रमलार्इ लिएर सरकारले जाेर विजाेर प्रणाली लागु गरेकाे भन्दै व्यापक असन्तुष्टि देखिएकाे छ । क्रिस्चियन धर्मप्रचारक युनिभर्सल पिस फेडेरेशनले  शुक्रबारदेखि काठमाडाैमा एसिया प्यासिफिक समिट सम्मेलन  गर्न लागेकाे हाे ।

विवादास्पद संस्थाकाे कार्यक्रमका लागि सरकारले जनतालाइ सास्ती दिएकाे भन्दै नियम नमानी जाेर विजाेर गाडि चलाउनेकाे सङख्या बढेकाे छ ।  यसरी नियम मिचेर गाडी चलाउनेहरूलार्इ प्रहरीले समाउँदै अाएकाे ठाउँतिरै फर्काउने गरेकाे छ ।

त्यस्तै सरकारकाे कार्यशैली प्रति असन्तुष्टि जनाउदै नेपाली काङग्रेसका केन्द्रिय गगन थापाले समेत जाेर विजाेर प्रणाली नमानी निर्धक्क गाडी चलाउन अाह्वान समेत गरेका छन । यहि अाह्वानलार्इ लिएर ज्ञानेश्वर चाेकमा गर्न लागिएकाे विराेध र्याली भने प्रहरीले गर्न दिएन । सरकारले जाेर विजाेर प्रणालीलार्इ प्रभावकारी बनाउन ठाउँठाउँमा  प्रहरी परिचालन गरिएकाे छ ।

राजधानी काठमाडाैमा अायाेजना हुन लागेकाे सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जानकारी दिएकाे छ । एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ । केहि पाहुनाहरू हिजाे अाइसकेता पनि केहि  देशबाट अतिथिहरु अाज आउने आयोजकले जनाएको छ ।


पुष्प दुलाल