चार महिनामा ४ खर्ब ५४ अर्ब व्यापार घाटा, ४० प्रतिशतले बृद्धि




काठमाण्डौ । चालु आर्थिक वर्ष २०७४\७५ को ४ महिनाको अवधिमा निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण व्यापार घाटामा ४०.३ प्रतिशतले वृद्धि भई ४५४.४७ अर्ब पुगेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आज प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।

केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार आव २०७५\७६ को प्रथम चार महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार बृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.१ प्रतिशतले वृद्धि भई ५१३.०३ अर्ब पुगेको छ ।

कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.७ प्रतिशत र ९४.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कूल निकासी १०.७ प्रतिशतले वृद्धि भर्ई २९.२८ अर्ब तथा कूल पैठारीमा ३८.१ प्रतिशतले वृद्र्धि भई ४८३.७५ अर्ब पुगेको छ ।

आव २०७४\७५ को प्रथम चार महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१३.२ भएकोमा आ.व. २०७५\७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१६.५ रहेको छ ।

कुन कुन सामान निर्यात भए ?
उक्त अवधिमा नेपालबाट पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु निकासी भएका छन् ।

त्यसैगरी मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि निकासी भएको छ ।

यी देशमा बढी भए निकासी-पैठारी
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, चीन, वंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्क आदि प्रमुुख रुपमा रहेका छन् ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइल्याण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।


क्लिकमान्डु