बेलायतकी यी महिला, जो साढे ४ खर्ब तलब खान्छिन्



काठमाडौं । बेलायती प्रधानमन्त्रीको तलब कति होला ? सो बारेमा धेरैलाई जानकारी नै छ । किनकी उनले के कति मात्रामा तलब पाउँछिन् भन्ने बारेमा सार्वजनिक रुपमा नै जानकारी हुने गरेको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले वर्षभरीमा १ अर्ब ४२ करोड डलर बराबरको तलब लिने गरेकी छिन् । तर एक जना मयिहला प्रमुख कार्यकारी अधिकृतको तलब भने उनको तुलनामा १७०० गुणा बढी रहेको पाइएको छ ।

गेम्बलिङ फर्मकै प्रमुख कार्यकारी अधिकृत डिनाइज कोट्सको तलब १ वर्षमा ४ अर्ब ४० करोड डलर अर्थात् साढे ४० खर्ब नेपाली रुपैयाँ बराबर रहेको छ । बेलायतको अनलाइन गेम्बलिङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत जो ५१ वर्षकी छिन् उनले सन् २०१७ मा ६.२ करोड डलरले बढाएर ३४.१ करोड डलर अर्थात् २४२१ करोड बराबर बनाएकी थिइन ।

सन् २०१६ मा उनको तलब २७.९ करोड डलर रहेको थियो । पछिल्लो २ वर्षमा उनले तलबमा ६२ करोड अर्थात् ४४०२ करोड बराबरको तलब लिएकी छिन् ।

बेलायतको सबैभन्दा बढी तलब पाउने महिला प्रमुख कार्यकारी अधिकृत नै उनी हुन् । महिला प्रमुख कार्यकारी अधिकृत मध्ये उनी संसारभर नै उच्च व्यक्ति समेत हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्इमहरुकाअनुसार उनको तलब बेलायतकी महिला प्रधानमन्त्री थेरेसा मे को तुलनामा १७०० गुणा बढी हो । बेलायती पत्रिका फोब्र्सकाअनुसार डिनाइजको मूल सम्पत्ति ५ अर्ब डलर रहेको अनुमान गरिएको छ ।

उनको तलबलाई लिएर बेलायतका लगानीकर्ताले भने राम्रो मानेका छैनन् । किनकी युवालाई गलत संस्कार सिकाउने डिनाइजको कारोबारले गलत संस्कार सिकाएको छ । १७ वर्षको उमेरमा नै बेलायतमा गेम्बलिङको तलमा धेरै युवा परेका छन् ।

गेम्बलिङ कमिसनका लागि ३२ प्रतिशत शेयरका साथ संसार भर नै आलोचना भएको छ । बेलायतमा त्यसलाई गैरकानुनी नभनिएपनि त्यसको तलबाट भने हजारौ युवा प्रभाविजत भएका छन् ।


पुष्प दुलाल