फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना शुरु



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहकार्यका रूपमा फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना सुरु भएको छ ।

उक्त आयोजना प्रदेश ३ र ४ अन्तर्गतका १२ जिल्लाका मुख्य सडक यातायातको आसपासमा पर्ने करिब ४० गाउँ तथा नगरपालिकाहरूमा सञ्चालन गर्न लागिएको हो ।

करिब ५ वर्षको अवधि रहेको यो आयोजना सन् २०२२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आयोजनाको कूल लागत ५.५ मिलियन डलर रहेको छ भने जसमध्ये ५ मिलियन डलर कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग र ०.५ मिलियन डलर संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमबाट प्रदान भएको हो ।


क्लिकमान्डु