नेबि संघका महामन्त्री काफ्लेलाई हृदयाघात, शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार हुँदै




काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।

उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।


क्लिकमान्डु