वैदेशिक रोजगारीबाट फर्किएकालाई सस्तो ब्याजमै सरकारले १० लाख दिने, पुससम्ममा कार्ययोजना बुझाउनुपर्ने



काठमाडौ । तपार्य वैदेशिक रोजगारीबाट भर्खरै स्वदेश फर्कनु भएको हो श्र अब विदेश नजाने सोचमा हुनुहुन्छ वा के छ तपाईको सोच, यदि तपाई विदेश नजाने सोचमा हुनुहन्छ र स्वदेशमा नै स्वरोजगार बन्न चाहुनुहन्छ भने तपाईलाई सरकारले रल रुपमा कर्जा दिने भएको छ ।

सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन १० लाख रुपैयाँ सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सदुपयोग गर्दै मुलुकको विकासमा लगाउन सरकारले सरल कर्जा प्रदान गर्न लागेको हो ।

स्वदेशमै पेशा, व्यवसाय÷उद्यम गर्न इच्छुक युवालाई व्यावसायिक प्रस्ताव पेश गर्न आह्वान गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

सरल कर्जा लिन इच्छुक युवाले आगामी पुस मसान्तभित्र बोर्डको सचिवालयमा व्यावसायिक प्रस्तावसहित निवेदन पेश गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँ सम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

विदेशमा कृषि तथा पशुपालन, मत्स्यपालनलगायत विभिन्न उत्पादनमूलक उद्योग कलकारखाना तथा सेवा क्षेत्रमा काम गरी अनुभव हासिल गरेका युवालाई स्वेदशमै उद्यमशीलता विकासका लागि सरल कर्जाले सहयोग गर्ने विश्वास लिइएको छ ।


पुष्प दुलाल