वेस्टर्न युनियनको ‘खुसीको पर्व’ योजनामा छिरिंगले जिते नगद ५ लाख उपहार



काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको थियो । उक्त योजना कात्तिक मसान्तबाट समापन भएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गरेका थिए ।

योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिन सम्म१५ हजार जितेका थिए भने यसै योजनाको बम्पर पुरस्कार घोषणा २०७५ मंसिर ३ गते सांग्रीला होटल, लाजिम्पाटमा गरिएको थियो, जसमा छिरिंग वान्ग्मोले बम्पर उपहार स्वरुप नगद ५ लाख जितेका छन् ।

उक्त खुसीको पर्व योजनामा सहभागीहुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सिजि फिन्को, हुलास रेमिटेन्स प्रालि, माया रेमिट प्रालि, नबिल बैक लि, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालि र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्ने थियो ।


क्लिकमान्डु