सानेपाबाट दीपक खड्काले भने: वार्ता सुखद छैन


काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ उन्मुख नभएको देखिएको छ ।

नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरसँगको वार्ता सुखद नभएको बताए । सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमतिको लागि शीर्ष नेताहरू नै लागिरहेको उनको भनाइ छ ।

‘एकैठाउँमा राख्ने प्रयास हुँदै छ । उहाँ उम्मेदवारी दर्ता चलिसक्यो, यता केन्द्रीय समिति बैठक राखिएको छ । अब के गर्ने भन्ने परिघटनाले तय गर्ने विषय हो । पार्टीको विधान हुन्छ। त्यही अनुसार निर्णय गर्ने हो, पार्टी छाडेपछि सामान्यतया निष्कासन गरिन्छ,’ उनले भने ।

वार्ता चलिरहेकोले सकारात्मक भन्ने आशा राखेर नै केन्द्रीय समिति बैठक बस्न ढिलाइ भइरहेको बताए ।