उमेश मोक्तानको साहसलाई सम्मान गर्दै बुध्द एयरले दियो १ लाखको पुरस्कार


काठमाडौं । भद्रपुरमा दुर्घटनामा परेको बुध्द एयरको ढोका खोलेर उद्दारमा सघाउने उमेश मोक्तान तामाङलाई एयरलाइन्सले १ लाख रुपैयाँ नगद पुरस्कार दिएको छ । मोक्ताले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न योगदान दिएको कम्पनीको दाबी छ ।

उनको भूमिकाको उच्च कदर गर्दै मंगलबार भद्रपुरमा उनलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

बुध्द एयरले मोक्तानले संकटको घडीमा देखाएको यो तत्परता सबैका लागि प्रेरणाको स्रोत भएको बताएको छ ।