कलंकी नागढुंगा क्षेत्रमा आज किन काटिदैछ विजुली ?



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कलंकी नागढुंगा क्षेत्रमा आज पनि विद्युत् कटौती गर्ने भएको छ ।

कलंकी नागढुंगा सडक खण्ड को तीनथाना बस स्टप देखि तीनथाना वड़ा कार्यालयसम्मका लाइन मर्मतका लागि स्युचाटार सबस्टेशन बाट संचालीत बलम्बु फिडर बाट आपूर्ति हुने विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार तीनथाना, नैकाप ,सतुंगल लगायतका छेत्रमा आज बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म बिद्युत् आपूर्ति अवरुद्ध हुने छ ।

तोकिएको समय भन्दा अगाडी कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु गर्न सकिनेछ । यसबाट ग्राहकबर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ ।


पुष्प दुलाल