रिडी हाइड्रो पावरले ८ मेगावाटको सौर्य आयोजनाा निर्माण थाल्यो



काठमाडौं । रिडी हाइड्रो पावर कम्पनीले ८ मेगावाट क्षमतको ग्रीड कनेक्टेड सौर्य परियोजनाको काम सुरु गरेको छ ।

रुपन्देहीको मणिग्राममा आयोजनाको निर्माण थालेको हो । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता समेत गरिसकेको कम्पनीले मणिग्राममा रहेको परियोजना स्थल सम्याउने काम सुरु गरेकोछ ।

रिडी हाइड्रो पावरका परियोजना निर्देशक कुवेरमणि नेपालकाअनुसार आयोजना स्थलको २६ बिगाहा जग्गा सम्याउने काम सुरु भएको हो । आयोजनाको ठेक्का जिइ टि एण्ड डि इन्डिया लिमिटेडले पाएको छ ।

सौर्य आयोजनाको लागत ६५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

आगामी चैत भित्रै नेपाल विद्युत् प्राधिकरणको जोगीकुटी सवस्टेशनमा विद्युत् जोडिने छ । सो सौर्य परियोजनाको विद्युत् उत्पादन सुरु भएपछि कालीगण्डकीको विद्युत् दिउँसो प्रयोग गर्नुपर्दैन ।

आयोजनाबाट वार्षिक १ करोड ४५ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।


पुष्प दुलाल