आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु



काठमाडौँ । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ ।

पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । अध्ययनका लागि महानगरपालिकाले ९८ लाख बजेट छुट्याएको छ ।

अहिले जापानी सहयोग नियोग (जाइका)ले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुङ्गो लाग्ने बताइएको छ ।

उनले भने, “विभिन्न दातृ राष्ट्रले यसमा चासो देखाएका छन् ।” यस्तै काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरदेखि थापाथली र थापाथलीदेखि माइतीघरसम्म पुल निर्माणका लागि अध्ययन थालेको छ ।


क्लिकमान्डु