झिनो अंकले बढ्यो नेप्से, १७ करोडको कारोबार



काठमाडौं । लगातार २ दिन घटेर साताको तेश्रो दिन हिजो दोहोरै अंकले बढेको नेप्से परिसूचक आज चौथो दिन बुधवार झिनो अंकले मात्र बढेको छ ।

आज नेप्से परिसूचक ०.९८ अंकले बढेको हो । ०.०८ प्रतिशतले परिसूचक बढ्दा १२०८.५६ विन्दुमा पुगेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ४४ कम्पनीका ७ लाख ८५ हजार ९ सय ९३ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा आज १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह, विकास बैंक समूह र निर्जीवन बीमा समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । बैंकिङ समूह २.७८, विकास बैंक समूह ३.५ र निर्जीबन बीमा समूह ३३.४९ अंकले बढेको हुन् ।

त्यसैगरी, होटल समूह ७.९६, जलविद्युत समूह १.६२, बित्त समूह ३.७९, अन्य समूह १.८, लघुवित्त समूह २.१५ र जीवन बीमा समूह ४४.३९ अंकले घटेका छन् ।

आज यूनाइटेड इन्स्योरेन्स कम्पनी लगानीकर्ताले सबैभन्दा बढी ३.९४ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४५.३३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु