कंगारु एजुकेशन फेयर: अल नेपाल रोडशोको सबै तयारी पूरा भईसकेको छ



विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदैं आएको कंगारु एजुकेशन फाउण्डेशनले यही कार्तिक २९ बिहिवार देखी मंसिर ४ मंगलबार सम्म देशका बिभिन्न ५ शहरमा कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो गर्दैछ ।

झापाको विर्तामोड, काठमाडौको पुतलीसडक, चितवनको भरतपुर, रुपन्देहीको बुटवल र कास्कीको पोखरामा हुने उक्त कार्यक्रममा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन । कात्तिक २९ गते झापाको विर्तामोडबाट शुरु हुने उक्त कार्यक्रम कात्तिक ३० र मंसिर १ गते काठमाडौं, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा हुनेछ । हरेक शहरका कार्यक्रम संस्थाको आफ्नै कार्यालय परिषरमा हुनेछन् ।

नेपालका विभिन्न शहरमा सातवटा तथा अष्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक गरी १० वटा कार्यालय मार्फत् शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको कंगारुले गर्न लागेको कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड शो का सन्दर्भमा आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना सँग क्लिकमाण्डुले गरेको कुराकानी :

विभिन्न शहरमा केन्द्रित गर्दै शैक्षिक मेला गर्न किन आवश्यक परेको ?

मुख्य कुरा त विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले सही सूचना र जानकारी पाउनु पर्छ भन्ने नै हाम्रो धारणा हो । कुनै पनि एक जना नेपाली विद्यार्थी सही सूचना नपाएर ठगिन नपरोस् । जहाँ सम्म विभिन्न शहर केन्द्रित गरेर किन मेला आवश्यक परेको भन्ने सवाल छ, जहाँ विद्यार्थी हुन्छन् हामी त्यही पुग्नु आवश्यक छ । हामीले गएके साउनमा र माघमा काठमाडौंमा यस्ते मेला गरेका थियौं ।

यही विचमा हाम्रो परामर्श सेवालाई देशब्यापी रुपमा विस्तार गरेका छौं भने विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई पनि त्यहाँ पुर्याउनु पर्छ भन्ने हाम्रो ध्येय हो । काठमाडौंमा हुने यस्ता मेलामा देशका विभिन्न ठाउँबाट विद्यार्थी आउन सजिलो हुन्न । त्यसैले हामी जहाँ हाम्रो सेवा, जहाँ हाम्रा विद्यार्थी त्यहीं आवश्यक जनाकारी सहित पुग्नु पर्छ भन्ने अवधारणा अनुसार यो कार्यक्रम गर्न गईरहेका छौं । हामीले काठमाडौं बाहिर शाखा कार्यालय विस्तार गर्दै गर्दा नारा नै त नभनौं एउटा वाक्याँश प्रयोग गरेका थियौं खोला धाउँछ की तिर्खा धाउँछ ?

यो प्रश्न वाचक वाक्याँशको चलन चल्तिको उत्तर खोज्नु भयो भने सामान्यतया तिर्खा लागेको ब्यक्ति नै खोला धाउँछ भन्ने नै हो । तर शैक्षिक परामर्शको सन्दर्भमा हामीले खोलानै तिर्खा लाग्नेहरुका अघिल्तिर जाने एक मिथकका रुपमा अभियान शुरु गरेका थियौं । अर्थात् विदेश जान चाहने विद्यार्थीलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरु भएकै ठाउँमा पुग्ने । यस पटकको हाम्रो रोड शो पनि यही विषयमा केन्द्रित छ । जो विद्यार्थी विदेश जान चाहन्छ उसले त यो रोड शो छुटाउनै हुन्न ।

यो मेलामा आएपछि विद्यार्थीलाई हुने फाईदा के के हुन त ?

सबै पेशामा सही र खराब हुन्छन् नै । शैक्षिक परामर्शको क्षेत्रमा पनि त्यस्ता गलत प्रवृत्ति नभएको हैनन । कतिपय केसमा त प्रहरीले मुद्धा नै चलाएको खबर त तपाईहरु नै सार्वजनिक गर्नु हुन्छ । यो सबै विद्यार्थी र अभिभावकले सही जानकारी नपाएर नै भएको हो । विदेश जाने भने पछि आँखा चिम्लिएर अघि बढ्ने चलन छ । त्यो भन्दा पहिला कुरा बुझ्नु पर्छ । कुरा बुझ्दा सही र सम्बन्धित ब्यक्ति वा संस्थासँग नै बुझ्नु पर्छ । यसका लागि विद्यार्थी र अभिभावकलाई उनीहरुकै अघिल्तिर यो सेवा लिएर आएका छौं ।

अर्को कुरा यो मेलामा आउनेहरुलाई हात खाली नजाने पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरेका छौं भने प्रबेश निशुल्क हुनेछ ।

मेलाबाट तपाईहरुले के अपेक्षा गर्नु भएको छ ?

शैक्षिक मेला भने पछि कमाई धमाईकै कुरा बुझ्नु भयो होला । त्यो मात्रै हैन । यदी विदेश नै जान चाहने हो भने सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो । त्यसका लागि सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरु सहित हामी अघि भने जस्तै खोला नै लिएर तिर्खाएकाहरु भए ठाउँमा आउँदै छौं । भने पछि विद्यार्थी अभिभावकले प्यास मेटाउनुहोस् भन्ने नै हाम्रो ध्येय हो ।

मेलामा कुन कुन देशका कलेज वा विश्वविद्यालयका प्रतिनिधि आउँछन् ?

हाम्रो परामर्शबाट विद्यार्थी गईरहेका अर्थात् हाम्रो सेवा क्षेत्रका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि नै मेलामा आउँछन् । हामीले यस अघि विद्यार्थी पठाएका आधारमा प्राप्त सफलता र त्यसको प्रभावकारीताकै आधारमा हामी अघि बढिरहेका हुनाले यस पटक मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।

२४ विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु हरेक शहरमा पुग्छन् त ?

हामीले विद्यार्थीको रुचि र आवश्यकतालाई हेरेर उनीहरुलाई बोलाएका हौं । त्यसैले उनीहरु हरेक शहरमा पुग्छन् । आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, आफूले पढ्न चाहेको विषय र त्यसको महत्व, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै विद्यार्थीले सिधै जान्न सक्ने गरी ब्यवस्था गरेका छौं । समग्रमा भन्नु पर्दा कलेजका प्रतिनिधिहरुलाई विद्यार्थी अभिभावकले एउटै छाना मुनि भेटेर भरपुर फाईदा लिन पाउनु हुनेछ ।

त्यतिका विदेशीलाई बोलाउनु, उनीहरुलाई एक साता सम्म ब्यवस्थापन गर्नु र हरेक दिन जसो फरक फरक शहरमा पुग्नु त निकै चुनौतीपूर्ण पो देखियो, कसरी ब्यवस्थापन गर्नु भएको छ ?

हामी हरेक शहरमा २५ जनाको टोली पुग्छौं । सबै भन्दा पहिले हामी झापाबाट शुरु गर्छौं । झापाको कार्यक्रम सकेर काठमाडौं फर्किन्छौं । जहाजबाट ओहोर दोहोर गर्ने भएकोले याात्राका हिसावले यसमा समस्या हुँदैन । काठमाडौं सकेर जहाजबाटै हामी चितवन जान्छौं । चितवनको कार्यक्रम सकेर हामी मोटरबाटोबाट बुटवल पग्छौं । त्यहाँबाट पोखरा जाँदा भने हामीले छुट्टै प्लेन चार्डड गर्नु पर्ने भएको छ । भैरहवा पोखराको फ्लाईट समय नमिलेकाले त्यसो गर्नु पर्ने भएको हो । पोखराबाट काठमाडौं फर्कन त समस्या छैन ।

हरेक शहरमा हुने बासको ब्यवस्थापन भईसकेको छ । प्राय सबै तयारी सकिईसकेको छ । हामी लगभग अन्तिम चरणमा छौं ।

यतिका धेरै कन्सल्टेन्सी छन्, विद्यार्थीले किन तपाईहरुलाई नै रोज्नु पर्ने ? अथवा किन कंगारु मार्फत् नै विदेशको प्रकृया गर्नु पर्ने ?

हामी विद्यार्थीलाई विदेश जाँदा गर्नु पर्ने पूर्व तयारीका बारेमा कुरा मात्रै बुझाउँदैनौं । उनीहरुलाई तयार पनि पार्छौ । जस्तो हामीले तयार पारेका विद्यार्थीले त्क्ष्त्क्ष्, त्तभ्ब्ऋ, ल्भध श्भबबिलम त्चबष्लभम ब्नभलतक, ग्क्ब्त्ऋ, द्यचष्तष्कज ऋयगलअष् िऋभचतषष्भम ऋयगलकभयिच लगायतका हरेक परीक्षामा उत्कृष्ट नतिजा निकालेका छन् । त्यो त डाटाले नै देखाउने कुरा हो ।
मैले अघि पनि भने हामी विद्यार्थीलाई परामर्श कमाई धमाईका लागी मात्रै हैन कुनै पनि नेपालीका सन्तानको सपना नभत्कियोस् भन्ने कुरालाई ख्याल गरेर काम गर्छौ । हाम्रा विद्यार्थी हाम्रा परिवारका सदस्य जस्ता हुन् ।

त्यसैले उनीहरुको भविष्य र सपना सँग हामी पनि जोडिएका छौं । भने पछि हामी उनीहरुलाई विगार्ने वा गलत सुझाव दिने भन्ने प्रश्नै उठ्दैन । उनीहरु प्रति हामी निकै संवेदनशील छौं । हामीबाट प्रकृया गरेर विदेश पुगेका हजारौं विद्यार्थी हाम्रो यो दावीको प्रमाण हुन् । अध्ययन पछि बिधार्थीलाई आफ्नै देश फर्कन पनि प्रोत्साहन गर्छौ ।

विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकले के के कुरामा ध्यान पुर्याउनु पर्छ होला ?
हाम्रा अधिकाँश अभिभावकमा सन्तानलाई विदेश पठाउने भनेको उनीहरुको कलेज छनौट, भर्ना प्रकृया र खर्चका रुपमा मात्रै बुझ्ने चलन छ । तर त्यो मात्रै हैन । विद्यार्थीले भर्ना र भिजामा मात्रै हैन आफ्नो करिअरमा पनि ध्यान दिनु जरुरी छ । त्यसका लागि आफ्नो रुचि अनुसारको शैक्षिक संस्था तथा विषय छनौट गर्नु आवश्यक छ । हाम्रा परामर्शदाताहरु यस विषयमा निकै संवेदनशील छन् । त्यसैले विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकले सबै भन्दा पहिला सही परामर्श दाताको छनौट गर्नु आवश्यक छ ।

अन्त्यमा विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई केही भन्नु छ की ?

मैले अघि पनि भने, मुख्य कुरा विदेश जान किन खोजेको हो भन्ने कुरा स्पष्ट हुन आवश्यक छ । सन्तानलाई विदेशमा पढ्न पठाएपछि सही कलेज परोस्, केही आम्दानी गर्ने बाटो पनि होस् भन्ने सोच्नु अभिभावकको स्वभाविक चाहना हो ।

यसका लागि सबै भन्दा पहिला बुझ्नु पर्यो । बुझ्नका लागि हामी सेवा लिएर तपाईकै घर दैलो नजिक आउँदै छौं भने एक पटक त्यहाँ आएर कुरा बुझ्नुहोस् । सही जानकारी पाउनु हुनेछ । हामी मार्फत गरिएका प्रकृयामा कुनै झुट र गैह्र कानूनी काम हुनेछैन । हामी विश्वस्त बनाउँछौं । तपाईले यस अघि नै हामीबाट सेवा लिएका विद्यार्थी अभिभावकबाट पनि बुझ्न सक्नु हुन्छ ।


क्लिकमान्डु