१३.९७ अंकले बढ्यो नेप्से, १७ करोडको कारोबार
काठमाडौं । आज दिउँसो २ बज्दा ११.३५ अंकले बढेको नेप्से परिसूचक ३ बजे कारोबार बन्द हुँदा १३.९७ अंकमा आएर रोकिएको छ । तिहार यता लगातार २ दिनसम्म दोहोरो अंकले घटेको नेप्से परिसूचक आज साताको तेस्रो दिन भने दोरोरै अंकले बढेको हो ।
१.१७ प्रतिशतले बढेको नेप्से परिसूचक १२०७.३१ विन्दूमा पुगेको छ । १ सय ५० कम्पनीले ६ लाख ५५ हजार ५ सय ९७ सेयर कित्ता कारोबार गरेका छन् ।
समग्रमा आज १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँ बराबर कारोबार भएको छ ।
नेप्से परिसूचकमा वित्तीय समूह बाहेक आज सबै समूह बढेका छन् ।
बैंकिङ समूह १४.६९, होटल समूह ३६.५७, विकास बैंक १२.५९, जलविद्युत समूह ०.२८, निर्जीव बीमा ७५.१४, अन्य समूह ६.५६, लघुवित्त समूह १०.५८ र जीवन बीमा समूह ७७.०९ अंकले बढेका हुन् । यस्तै वित्तीय समूह भने ०.२५ अंकले घटेको छ ।
आज सबैभन्दा बढी कमाई प्रभु बैंकको कारोबार भएको छ । बैंकले १ करोड ४३ लाख ६६ हजार रुपैयाँ बराबरको टर्नओभर गरेको हो ।
उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले आज सबैभन्दा बढी कमाई गरेको छ । संस्थाले ९.९७ प्रतिशतले कमाई गरेको हो । यस्तै सबैभन्दा बढी गुमाउनेमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । संस्थाले ८.५७ प्रतिशतले गुमाएको हो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७.३१ अंकले घटेको थियो भने दोश्रो दिन हिजो सोमबार १३.०३ अंकले घटेको थियो ।