२ दिन लगातार दोहोरो अंकले घटेको नेप्सेमा तेश्रो दिन दोहोरै अंकको सुधार
काठमाडौं । तिहार सकिए यता २ दिनसम्म दोहोरो अंकले घटेको नेप्से परिसूचक आज एक्कासी बढेको छ ।
आज साताको तेस्रो दिन नेप्से परिसूचक ११.३५ अंकले बढेको हो । दिउँसो २ बजे नेप्से परिसूचक ०.९५ प्रतिशतले बढ्दा १२०४.६८ विन्दूमा पुगेको थियो । १ सय ३९ कम्पनीले ४ लाख ४७ हजार २ सय ९० सेयर कित्ता कारोबार गरेका थिए ।
सो अवधिमा समग्रमा आज १० करोड ८८ लाख १ हजार ८० रुपैयाँ बराबर भएको थियो । नेप्से परिसूचकका वित्तीय समूह बाहेक आज सबै समूह बढेका छन् ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७.३१ अंकले घटेको थियो । १.४२ प्रतिशतले घटेको परिसूचक १२०५.२२ विन्दूमा पुगेको थियो । उक्त दिन समग्रमा ९ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन वित्तीय र अन्य समूह बाहेक सबै समूह घटेका थिए ।
यस्तै हिजो सोमबार साताको दोस्रो दिन नेप्से १३.०३ अंकले घटेको थियो । १.०८ प्रतिशहतले परसूचक घट्दा ११९२.७५ बिन्दूमा पुगेको थियो ।
सोमबार समग्रमा १३ करोड ३८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार वित्तीय समूह बाहेक सबै घटेका थिए ।