नेप्से परिसूचक १३.०३ अंकले घट्यो, १३ करोडको कारोबार



काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक १३.०३ अंकले घटेको छ । १.०८ प्रतिशतले परिसूचक घट्दा ११९२.७५ विन्दूमा पुगेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ३१ कम्पनीका ४ लाख ४३ हजार ३ सय ५५ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा १३ करोड ३८ लाख १९ हजार ४ सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्तीय समूह बाहेक बाहेक सबै समूह घटेका छन् । बित्तीय समूह ०.४२ अंकले बढेको हो ।

त्यसैगरी, बैंकिङ समूह १०, होटल समूह ११.२१, विकास बैंक समूह ७.६३, जलविद्युत समूह १८.७४, निर्जीवन बीमा समूह १०१.६१, अन्य ९.२, लघुवित्त समूह २२.९८ र जीवन बीमा समूह ९१.९१ अंकले घटेका हुन् ।

आज नबिल इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, एपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.८१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु