व्यावसायिक कृषि फार्म खोलेर तरकारीखेती, भैँसी र कुखुरापालनबाट राम्रो आम्दानी



म्याग्दी । म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।

बेनपा-६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । जिसीले पाँच लाखको लगानीमा स्थापना गरेको फार्ममा हाल चार वटा भैँसी पालेका छन् ।

चार रोपनी खेतमा गोलभेँडा, बन्दा, काउली, काँक्रो, सिमी, बोडी, सागलगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएको छ ।

सात सयदेखि ८०० वटा कुखुरा पाल्नेका छन् । दैनिक १८ लिटर दूध ८० का दरले बेनीमा बेच्दै आएको फार्मका सञ्चालक जिसीले बताए ।

दूध बिक्रीबाट मात्र मासिक २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने जिसीको भनाइ छ ।

फार्ममा तीनजनाले रोजगारी पाएका छन् । दूध र तरकारी ढुवानी गर्न मोटरबाटोको समस्या भएको जिसीले गुनासो गरे ।

यसैगरी सिँचाइको पनि समस्या छ । फार्मको क्षमता विस्तार र तरकारीका बिरुवा उत्पादन गर्ने नर्सरी पनि सञ्चालन गर्ने जिसीको योजना छ । रासस


क्लिकमान्डु