नेपाल टेलिकमको मोबाइलमा समस्या




काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा समस्या देखिएको छ । टेलिकमको मोबाइलबाट टेलिकमकै तथा अन्य नेटवर्कमा फोन गर्दा फोन नलाग्ने समस्या देखिएको हो ।

टेलिकमका पोष्टपेड तथा प्रिपेड दुबै फोनबाट फोन गर्दा फोन नै नजाने समस्या भएको छ । यस्तै डेटा चलाउन तथा ब्यालेन्स ट्रान्सफर गर्न पनि समस्या भएको छ । आज विहानैदेखि यस्तो समस्या देखिएको उपभोक्ताले बताएका छन् ।

के कस्तो कारणले यो समस्या आयो भनेर टेलिकमका अधिकारीलाई सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेन । टेलिकमका अधिकारीहरुको मोबाइलमा पनि सम्पर्क नहुने र आजदेखि तिहारको सार्बजनिक विदा भएका कारण कार्यालयमा सम्पर्क गर्न नसकिएको हो ।


क्लिकमान्डु