भाइटिकाको दिन पनि चन्द्रागिरिमा केवलकार चढ्न पाइने



काठमाडौं । तिहारको भाइटिकाको दिन पनि चन्द्रागिरि केबलकार सञ्चालन हुने भएको छ । दशैं विदामा पनि सेवा दिएको चन्द्रागिरि केवलकारले तिहार बिदामा पनि सेवा दिने जनाएको छ ।

दैनिक काममाव्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्यपर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रारिरि हिल्स प्रालिले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।


पुष्प दुलाल