धनतेरसमा सेयर लगानीकर्तामा उत्साह, नेप्से परिसूचक ११.९२ अंकले बढ्यो



काठमाडौं । धनतेरसलाई सामान खरिद गर्ने पर्वको लिइन्छ । सेयर बजारमा धनतेरसमा सेयर लगानीकर्तामा उत्साह थपिएको छ ।

तिहार पर्व शुरु भएको दिन आज सोमबार नेप्से परिसूचक ११.९२ अंकले बढेको छ । ०.९९ प्रतिशतले परिसूचक बढ्दा १२१९.२० विन्दुमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ५५ कम्पनीका ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह ११.५२, होटल समूह ३७.६२, विकास बैंक समूह १३.५९, जलविद्युत समूह ७.५९, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह ८७.४५, उत्पादनमूलक समूह ०.७, अन्य समूह २.९, लघु विक्त समूह १७.९८ र जीवन बीमा समूह ४९.६२ अंकले बढेका हुन् ।

यस्तै, आज सबैभन्दा बढी कारोबार प्रभु बैंकले गरेको छ । बैंकले ४ करोड १७ लाख १९ हजार ७ सय ३७ रुपैयाँको टर्नओभर गरेको हो ।

आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेका छन् । संस्थाका लगानीकर्ता ६ प्रतिशतले कमाई गरेका हुन् ।

यता, श्रृजना फाइनान्सका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्, ५ प्रतिशतले गुमाएका हुन् ।


क्लिकमान्डु