नेप्से परिसूचक १३.७ अंकले ओरालो, ५६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार १३ अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक १२०७.२८ अंकमा आएको छ । आइतबार अन्य समुह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ ।
१५४ कम्पनीको कारोबार भएको नेप्सेमा आइतबार ५४ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको संस्थापक सेयरको कारोबार भएको छ । माछापुच्छ्रे बैंकको संस्थापक सेयरको १६ करोड रुपैयाँको कारोबार भएको छ ।
यस्तै निर्धन उत्थान बैंकको पनि संस्थापक सेयरको ११ करोड रुपैयाँको कारोबार भएको छ ।