एभरेष्टले दिने भयो २० प्रतिशत नगद लाभांश



काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

साधारण सेयरधनीले केही प्रतिशत बोनस सेयरको अपेक्षा गरेपनि एभरेष्टले नगद लाभांशको मात्र घोषणा गरेको हो । यसअघि लाभांश घोषणा गरेको सानिमा बैंकले पनि नगद लाभांश मात्र घोषणा गरेको हो ।

एभरेष्ट र लक्ष्मीबीच मर्जरको कुरा भएपनि स्वाप रेसियो नमिल्दा विषय टुंगो लागेको छैन ।


क्लिकमान्डु