वाणिज्य बैंकमा चालु आबको पहिलो विवरण माछापुच्छ्रेबाट, नाफा ३८ करोड ६९ लाख



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वाणिज्य बैंक तर्फ विवरण प्रकाशित गर्ने पहिलो बैंक माछापुच्छ्रे बैंक बनेको छ ।

माछापुच्छ्रे बैंकले तीन महिनामा ३८ करोड ६९ लाख रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा ३९ प्रतिशतले बढेको छ । बैंकको अघिल्लो वर्षमा नाफा २८ करोड रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकमा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप छ । यस्तै ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा रहेको छ ।

बैंकले ब्याज आम्दानीबाट ८४ करोड २५ लाख कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८.४६ रहेको छ ।


क्लिकमान्डु