नेप्से परिसूचक ७.४५ अंकले बढ्यो, २३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार ७.४५ अंकले बढेको छ । दशैंको बिदापछि खुलेको पहिलो दिन बढेको नेप्से परिसूचक त्यसपछि दुईदिन घटेको थियो । बुधवार नेप्से परिसूचक बढेको हो ।

नेप्से परिसूचक ०.६० प्रतिशतले परिसूचक बढ्दा १२४९.२९ विन्दूमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ५२ कम्पनीका ८ लाख ९१ हजार ६ सय ९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २३ करोड २८ लाख ९० हजार ९ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह ४.६१, होटल समूह ७०.६९, विकास बैंक समूह ४.७५, जलविद्युत समूह ७.६४, वित्त समूह १.१८, निर्जीवन बीमा समूह ६१.१६, उत्पादनमूलक समूह २०.१९, अन्य समूह ८.४३, लघु विक्त समूह ०.७८ र जीवन बीमा समूह ४०.११ अंकले बढेका हुन् ।

यस्तै आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ ।

बैंकको ३ करोड ३७ लाख १९ हजार ३ सय १० रुपैयाँको कारोबार भएको छ ।

बुधवार पन्चकन्या माई हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको सेयर मूल्य ५.८३ प्रतिशतले बढेको छ ।

सेन्चुरी कमरसियल बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यसको सेयर मूल्य ५.०६ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु