दशैं सकिएसँगै काठमाडौंमा तरकारीको मूल्य घट्यो, यस्तो छ कारण



काठमाडौं । दशैं सुरुभए यता महंगिएको तरकारी दशैंको अन्तिम दिन भने ह्वातै घटेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा दशैं सुरु हुँदा सोह्रश्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो ।

उक्त समयमा बजारमा तरकारीको मूल्य सय रुपैयाँ घटी पाउनै मुस्किल भएको थियो ।
तुलनात्मक रुपमा हेर्ने हो भने दशैं सुरु हुने दिन सोह्रश्रादको अन्तिम दिन कालिमाटी बजारमा गोलभेडाको मूल्य ५५ देखि ७७ रुपैयाँ प्रतिकेजी पुगेको थियो । यस्तै त्यही गोलभेडा बाहिर खुद्रा पसलहरुमा १ सय २० रुपैयाँसम्मा विक्रीका लागि राखिएको थिए ।

अहिले उक्त गोलभेडा दशैंको अन्तिम दिन कालिमाटी बजारमा २५ रुपैयाँदेखि ४० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

यस्तै खुद्रा पसलहरुमा आज गोलभेडाको मूल्य ५० देखि ६५ रुपैयाँ पुगेको छ ।

काउली दशैंको सुरुको दिन कालिमाटी बाजरमा ८० रुपैयाँदेखि १ सय १० रुपैयाँ प्रतिकेजी विक्री वितरण भइरहेको थियो । आज अन्तिम दिनमा आई पुग्दा काउली ३० रुपैयाँ प्रतिकेजीमा झरेको छ ।
घिउ सिमी ६५ रुपैयाँ प्रतिकेजीबाट ३० रुपैयाँ प्रतिकेजीमा झरेको छ । घिउ सिमीमा ३५ रुपैयाँ घटेको हो ।

तितेकरेला ७५ रुपैयाँ प्रतिकेजी कालिमाटी बजारमा विक्री भइरहेको थियो भने बाहिर त्यही तितेकरेला १ सय २० रुपैयाँ प्रतिकेजी मूल्य रहेको थियो ।

यस्तै दशैंको अन्तिम दिन तितेकरेला कालिमाटी बजारमा ५५ रुपैयाँ देखि ६० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

यस्तै कालिमाटी बजारमा सोह्रश्रादको दिन १ सय ८० रुपैयाँ प्रतिकेजीमा विक्री वितरण हुँदै गरेको च्याउ आज १ सय रुपैयाँमा विक्री वितरण भइरहेको छ ।

८० रुपैयाँ प्रतिकेजी कालिमाटीमा विक्री भइरहेको परवल आज ५० रुपैयाँ पुगेको छ ।
१ सय ३० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको गाजर आज दशैंको अन्तीम दिन १ सय रुपैयाँदेखि १ सय १० रुपैयाँ केजीमा विक्री वितरण भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।

हरियो प्याज टिकाको दिन १ सय ५० रुपैयाँ प्रतिकेजीमा कालिमाटी बजारमा विक्री वितरण भइरहेको थियो भने आज ९० देखि १ सय रुपैयाँमा विक्री वितरण भइरहेको छ ।

यस्तै हरियो धनिया टिकाको दिनसम्म १ सय ५० रुपैयाँमा विक्री वितरण भइरहेको थियो भने आजबाट ९० रुपैयाँ प्रतिकेजी कालिमाटी बजारमा विक्री भइरहेको छ ।

२ सय ९० हरियो लसुन दशैंको टिकाको दिन विक्री वितरण भइरहेको थियो भने आज यसको मूल्य घटेर १ सय ५० रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

दशैं सुरुवाती दिनमा १ सय रुपैयाँ प्रतिकेजी माथिदेखि विक्री भइरहेको बोडी आज अन्तिम दिनमा आइपुग्दा ६० देखि ७० रुपैयाँमा विक्री वितरण भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।


क्लिकमान्डु