घर घरमा ग्यासको पाइपलाइन पुर्याउने योजनाबाट प्रधानमन्त्री ओली फर्के , अब घर घरमा विजुलीको तार पुर्याउने



काठमाडौं । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि काठमाडौंमा खाना पकाउने ग्यासको अभाव भयो ।

त्यो बेला प्रधानन्त्री केपी शर्मा ओली थिए । प्रधानमन्त्री ओलीले त्यो बेला घर घरमा ग्यासको पाइपलाइन पुर्याउने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाई बहुमतको साथमा अहिले प्रधानमन्त्री कुर्चीमा ओली नै छन् । अब भने प्रधानमन्त्री घर घरमा ग्यासको पाइप पुर्याउने योजनाबाट पछाडि फर्केका छन् ।

उनले घर साझा यातायातको विद्युतीय बससेवा सुरुवात गर्दै भने, ‘मैले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं ।’

‘संसार छिटोछिटो बगेको छ, अबको तीनवर्षमा हामी ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं छौ’ उनले भने ।

प्रधानमन्त्री ओलीले केही मान्छेलाई आफ्नो योजना नौठो लाग्नसक्ने भन्दै दुनिया बलिलिएको र अब विद्युतीय विकल्प नभएको बताए ।


क्लिकमान्डु