फस्र्ट माइक्रोफाइनान्सको नाफा घट्यो
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको नाफा घटेको छ ।
माइक्रोफाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सले २ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो वर्षको असोज मसान्तसम्मा माइक्रोफाइनान्सले २ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो ।