नेप्सेमा के भयो ? ४८ संस्थाको सेयर खरिदबिक्री रोक्का,लगानीकर्तामाथि गम्भिर खेलबाड



काठमाडौं । दशैंबिदापछि खुलेको सेयर बजारमा एकैपटक ४८ वटा संस्थाको सेयर कारोबार रोकियो ।

नेपाल स्टक एक्सचेन्जले नियमित सूचिकरण शुल्क नबुझाएको भन्दै ४८ वटा संस्थालाई सेयर खरिदबिक्री गर्नको लागि रोक लगायो ।

जसमा केही कम्पनी बाहेक अन्य कम्पनी नियमित रुपमा सेयर कारोबार हुने कम्पनी थिए । कारोबारमा रोक लागेका संस्थामा दुईवटा सामुहिक लगानी कोषका योजनापनि छन् ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नविकरण शुल्क नबुझाएको कारण ती कम्पनीको सेयर कारोबार स्थगत भएको बताए ।

‘आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ,पहिलो त्रैमासिक अवधीभित्र नविकरण शुल्क बुझाएपछि ती कम्पनीको सेयर कारोबार स्थगत भएको हो,’पराजुलीले क्लिकमाण्डूसँग भने ।

नियमित रुपमा तिनुपर्ने नविकरण शुल्क बुझाएपछि ती कम्पनीको सेयर कारोबार पुनः सूचारु हुने नेप्सेले जनाएको छ ।

कम्पनीमा कार्यरत व्यवस्थापक तथा कम्पनी सचिवले गरेको लापरवाहीको कारण भने सेयरधनीले अनावश्यक दुःख पाएका छन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी सेयरधनीले यस्ता खालका आवाज वार्षिक साधारणसभामा उठाउनुपर्ने सुझाव दिन्छन् ।

‘यसमा सेयरधनीले नै आवाज उठाउने हो,कम्पनी सचिव यस्तै कामको लागि नियुक्त गरिएको हुन्छ,’गिरीले क्लिकमाण्डूसँग भने ।

कम्पनीले गरेको बदमासीले भने सेयरधनीले आज सो कम्पनी सेयर किन्न तथा बेच्न पाएनन् । लगानीकर्तामाथि खेलबाँड गर्ने यी हुन् सुचिकृत कम्पनी तथा फण्ड


क्लिकमान्डु