भक्तपुरको राधेराधेमा खुल्यो गोर्खा इको प्यानलको मुख्य कार्यालय




काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रीय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रीय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।

कम्पनीकै अध्यक्ष विश्वराम कवाँंले एक कार्यक्रमवीच कार्यालयको सोमबार उदघाटन गरे । कार्यक्रममा उनले स्थापना भएको नयाँं कर्पाेरेट अफिसले उपभोक्ताहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

गोर्खा इको प्यानलको कारखाना भक्तपुरको हनुमानचामा छ । साथै गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको कारखाना भक्तपुरको चाँंगुनारायणमा छ ।

यसअघि कारखानामा गएर सम्पर्क गर्न टाढा र नचिनेको ठाउँंमा परेर उपभोक्तालाई समस्या थियो । तथापि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यसका डिलर (विक्री केन्द्र) हरु छन् । पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म यसका डिलरहरु छन् ।

नयाँं स्थापित कार्यालयबाट गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका सम्पूर्ण सेवाहरु उपलव्ध हुने कम्पनीले जनाएको छ । उपभोक्ताले गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका उत्पादित सम्पूर्ण सामानहरु यहीबाट उपलव्ध हुने कम्पनीले जनाएको छ ।

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो भने गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिपनि कारखानामा पहिला नै तयार पारिएको प्रिकाष्ट स्ल्याब र झ्यालढोका उत्पादन गर्ने कम्पनी हो ।


क्लिकमान्डु