०.८० अंकले घट्यो नेप्से, ३३ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्स परिसूचक दोश्रो दिन आज सोमबार ०.८० अंकले घटेको छ । परिसूचक ०.०६ प्रतिशतले घट्दा १२४१.६३ बिन्दुमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ५२ कम्पनीका १४ लाख ६४ हजार ८ सय ९४ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३३ करोड ५८ लाख ६५ हजार ५ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको नेप्से परिसूचक अनुसार बैंकिङ समूह ०.४३, विकास बैंक समूह ५.२१, जलश्रोत समूह २.८९, अन्य ५.०९ र माइक्रोफाइनान्स १.१ अंकले घटेका छन् ।

त्यसैगरी, होटल समूह ५ं४२, वित्तीय समूह ३.६१, निर्जीवन बीमा समूह ११.५५, उत्पादनमूलक समूह २४.३३ र जीवन बीमा समूह २.६४ अंकले बढेका छन् ।

आज बजार झिनो अंकले घटेको दिन एनआईबीएल समृद्धी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ७.२६ प्रतिशतले नाफा कमाएका छन् भने नेशनल हाइड्रोपावर लिमिटेडका लनानीकर्ताले सबैभन्दा बढी ३.६५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु