इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने



काठमाण्डौ । “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ” भन्ने मूल नाराका साथ विगत १९ बर्षदेखि सञ्चालित इजीलिंक रेमिट्यान्सले चर्चित पत्रकार रबि लामिछानेलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

लामिछानेले आफ्नो पेशालाई देशको राजनितिक, सामाजिक, आर्थिक लगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतीको विरुद्ध सशक्त रुपमा प्रयोग गरेका छन् ।

उनले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेशागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेका हौं, इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले बताए ।

इजीलिंक रेमिट्यान्सले रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन मात्र नगरी बिभिन्न रोजगार सम्बन्धि निःशुल्क सेमिनारहरुमा पनि योगदान गर्दै आएको छ ।

जापान र कोरियाबाट इजिलींक मार्फत पठाइएको रकमबाट पठाउने व्यक्तिको नाममा १०० रुपैयाँ कर्णालीको कालिकोटमा बन्दै गरेको अस्पतालको खातामा जम्मा गरिने कुरापनि पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।


क्लिकमान्डु