१४.१५ अंकले बढ्यो नेप्से, २६ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.१५ अंकले बढेको छ । १.१५ प्रतिशतले परिसूचक बढ्दा १२४२.४३ विन्दूमा पुगेको हो ।
नेप्सेले जनाए अनुसार आज १ सय ५८ कम्पनीका १० लाख १६ हजार ४ सय ६० कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको नेप्से परिसूचक अनुसार उत्पादन मूलक र जलविद्युत समूह बाहेक सबै समूह बढेका हुन् ।
बैंकिङ समूह १७.३७, होटल समूह ५५.३४, विकास बैंक समूह १८.१५, वित्तीय समूह ३.२४, निर्जीवन बीमा समूह ८७.६१, माइक्रोफाइनान्स ११.१४, अन्य समूह ४.२७ र जीवन बीमा समूह ५७.४९ अंकले बढेका हुन् ।
आज उत्पादन मूलक समूह ९५.७३ र जलविद्युत समूहले १.३१ अंकले घटेका हुन् ।
यस्तै, आज सबैभन्दा बढी कारोबार एनएमबी बैंकले गरेको छ । बैंकले २ करोड ४५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको टर्नओभर गरेको हो ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेको छन् । फण्डका लगानीकर्ताले ५.९८ प्रतिशतले कमाई गरेको हुन् ।
यूनिलिभर नेपालका लागनीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्, ७.२९ प्रतिशतले गुमाएका हुन् ।