बढी खर्च गरेको आरोपमा लण्डनमा एक महिलालाई कारवाही हुने,१० वर्षसम्म हरेक दिन साढे ६ लाखको सपिङ



लण्डन । लण्डनमा अन्धाधुन्ध तरिकाले पैसा खर्च गरेको आरोपमा जमिरा हाजियेवा नाम गरकी एक धनी महिलालाई कडा कानूनी कारवाही हुने भएको छ ।

पछिल्लो एक दशकमा जमिराले पश्चिम लण्डनको सबैभन्दा महंगो क्षेत्रमा करिब १.६ करोड पाउन्ड बराबरको खर्च गरेकी थिइन् । आजको विनिमयदर अनुसार रुपान्तर गर्दा यो भनेको साढे २ अर्ब नेपाली रुपैयाँ बराबर हो ।

यत्रो पैसा कहाबाट आयो त्यसको लागि जाँचको आदेश जारी भएको छ । बेलायतले हालै बनाएको नयाँ भष्ट्रचार विरोधनी कानूनको पहिलो शिकार जमिरा बनेकी छन् ।

उनले लण्डनको एउटा अदालतमा आफ्नो पहिचान नखुलाउन आग्रह गरेकनी थिइन् । तर,मिडियासँग लडिएको यो लडाई भने उनले हार्नु पर्यो ।

जमिरा अजरबैजानबाट बेलायत आएकी हुन् । उनी एक पूर्व सरकारी बैंकका अधिकारी श्रीमती हुन् । यदी जमिराले अदालतमा आफ्नो सम्पत्तिको स्रोतको बारेमा जानकारी दिन नसकेमा उनले लण्डनमा डेढ करोड पाउन्ड पर्ने आफ्नो घर गुमाउनुपर्ने छ ।

नयाँ भष्ट्रचार विरोधी कानून अनुसार ५५ वर्षे जमिरालाई नेशनल क्राइम ऐजेन्सीलाई उनको श्रीमानले जहाँगिर हाजियेवाले लण्डनको सबैभन्दा महंगो क्षेत्रमा कसरी घर किने त्यसको जानकराी दिनुपर्छ ।

जमिराका वकिलले भने यस्तो आदेश हटाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । यो आदेशले बिदेशबाट भष्ट्रचार गरेर कमाएको पैसाबाट बेलायतमा बस्नेहरुको सपनालाई भने गम्भिर धक्का दिएको छ ।

यो नियमले बेलायतमा यस्तो अवैध पैसा लगानी गरेर वैध बनाउनेहरु निशानामा छन् ।
लण्डनको नेशनल क्राइम ऐजेन्सीका केही अनुसन्धानकर्ताहरुका अनुसार बेलायतको प्रोपटी बजारमा अहिलेसम्म अर्बै पाउण्ड कालोधन लगानी भएको छ । तर,सबुत नहुँदा यस्तो अवैध धन लगाउने मालिकहरुको अनुहार बाहिर ल्याउन सकिएको छैन ।

तर,रहस्यमय धन आदेश अनुसार अब प्रोपटी खरिद गर्दा व्यक्तिले आफ्नो आय घोषणा र सम्पत्तिको बारेमा जानकारी दिनुपर्छ । यदी कोही व्यक्ति र तिनका परिवारले आफ्नो सम्पत्तिको वैध स्रोत देखाउन नसकेमा त्यो सम्पत्ति जफत हुने छ ।

जहाँगिर हाजियेवा इन्टरनेशनल बैंक अफ अजरबैजानका पूर्व अध्यक्ष हुन् । सन् २०१६ मा उनलाई १५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । उनीलाई ठूलोमात्रामा बैंकको पैसा हिनामिना गरेको आरोप छ ।

न्यायधीशहरुले जहाँगिरलाई जरिवाना स्वरुप ३.९ करोड अमेरिकी डलर तिर्न आदेश दिएका थिए । सात वर्ष अगाडि बिट्रिस भर्जिन आइल्याण्ड स्थित एक कम्पनीले जहाँगिरको एउटा नयाँ घरको लागि सवा करोड पाउण्डको पेमेन्ट दिएको थियो ।

एउटा अनुमानको अनुसार पश्चिम लण्डन स्थित जहाँगिरको अहिलेको घरको मूल्य १.५ करोड पाउण्ड पर्छ । लण्डन उच्च अदालतलाई यो घरको मालिक जमिरा र जहाँगिर भएको बताइएको छ । सन् २०१३ मा जमिराले एउटा कम्पनीले १ करोड पाउण्डमा मिल राइड गल्फ क्लब समेत खरिद गरेकी थिइन् । बेलायतको गृहमन्त्रालयले जमिरा हाजियेवाको बढी लगानी गर्ने श्रेणीको आधारमा भिसा दिएको थियो ।

जुलाईमा लण्डन उच्च अदालतमा भएके सुनवाईमा जमिरा र जहाँगिरको पहिचान खुलाइएको थिएन । सो समयमा जमिरासँग अथाह सम्पत्ति भएको बताइएको थियो । पछिल्लो १० वर्षमा जमिराले हेरोड्स मा १.६ करोड पाउण्डभन्दा बढी रकम खर्च गरेकी थिइन् । अर्थात हरेक दिन चार हजार पाउण्ड ।

अदालतमा जमिराले एक दिनमा महंगा कपडा,घडी तथा गहनाको लागि १ लाख ५० हजारसम्म खरिद गरेको जानकारी दिइएको थियो । यो सबै रेकर्ड अदालतमा पेश भएको छ ।

जमिराले बेलायतमा खरिदको लागि तीन्वटा स्टोर लोयल्टी काडए र उनको पतिले ३५ वटा क्रेडिट कार्डको प्रयोग गरेका थिए ।

आधिकारिक तथ्यांक अनुसार जमिरा र जहाँगिरले हेरोड्स पार्कमा दुईवटा निजी पार्किङ समेत खरिद गरेका थिए । जमिरासँग ४.२ करोड डलरको गल्फस्ट्रिम जी ५५० जेट पनि खरिद गरेकी थिइन् ।
बेलायतमा ट्रान्सपरेन्सी इन्टरनेशनलका पोलिसी निर्देशक डंकन हेम्सले रहस्यमय आदेशको प्रयोग भएको विषयमा खुसी व्यक्त गरेका छन् । उनका अनुसार बेलायतमा यो कानूनको प्रयोग ठिकसम्म गरेमा ४.४ अर्ब पाउण्डभन्दा बढ्री सम्पत्तिको पहिचान हुने छ ।

जमिराले भने लगातार आफु निर्दोश भएको बताएकी छन् । फ्रेबुअरीमा जब उनीलाई रहस्यमय धन आदेश अनुसार कारवाही सुरु भयो उनले यसलाई चुनौती दिने कोशिस गरेकी थिइन् । उनका वकिलले उच्च अदालतमा जमिरालाई न्याय नदिइएको बताए थिए ।

जहागिरले पनि आफुले बैंकलाई कुनैपनि किसिमको नोक्सानी नपुर्याएको दाबी गर्दै आएका छन् ।
जहाँगिरले आफ्नो बारेमा युरोपियन कोर्ट अफ ह्युमन राइटसे्को हस्तक्षेप गरेको बताएका थिए ।
जमिराले अदालतमा आफ्नो पतिको व्यापार वैध भएको र बैंकमा काम गर्नु अगाडि स्वतन्त्र रुपमा व्यापार गर्ने गरेको बताइन् ।

नेशनल क्राइम ऐजेन्सीले अदालतलाई जहाँगिर सन् १९९३ देखि २०१५ सम्म बैंकको कर्मचारी भएको र यती ठूलो रकम आर्जन नहुँने बताउदै आएको छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु