चाडपर्वको लहर, नेट टिभीको एकमा एक अफर



काठमाण्डौ । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरिदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।

आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेट टिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निसुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् ।

नेट टिभी नेपालका के छन् विशेषता ?
नेट टिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेट टिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ ।

एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदाय आधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम् आईपीटीभी हेड इन्ड संचालन गर्दछ ।

मिडिया, प्रविधि र वित्तीय क्षेत्रका स्थापित व्यक्तित्वहरुद्वारा स्थापित जापान, अमेरिका, सिंगापुर, अस्ट्रेलिया र युरोपमा रहेकाको नेटवर्क संचालन सुविधा तथा काठमाडौँमा एक विकास केन्द्र बनाएर राखेको छ ।


क्लिकमान्डु