भारतीय सेयर बजारका लगानीकर्तालाई कालो बिहीबार, ५ मिनेटमा गुम्यो ४ लाख करोड भारु



मुम्बई । भारतीय सेयर बजार क्रायस भएको छ । भारतीय सेयर बजारको इतिहासमा बिहीबारको कारोबार लगानीकर्ताको लागि एउटा कालोदिनको रुपमा रहेको छ ।

बिहीबार बिहान नै दला स्ट्रिटमा हल्ला मच्चिएको थियो । मुम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज २ प्रतिशतले ५ मिनेटमा घटेको थियो । जसले गर्दा लगानीकर्ताले आफ्नो ५ मिनेटमा ४ लाख करोड भारतीय रुपैयाँले गुमाए ।

दुई महिना अगाडि भारतको दुई वटा स्टक एक्सचेन्ज मुम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले एतिहासिक रेकर्ड कायम गरेका थिए ।

तथ्यांक अनुसार सुरुवाती कारोबारमा बीएसईमा सूचिकृत कम्पनीको बजार पुँजीकरण १३४ लाख करोड भारतीय रुपैयाँले घटेको थियो । यी कम्पनीको बजार पुँजीकरण १ करोड ३८ लाख ३९ हजार ७५० करोड थियो । सेयर बजार उच्च बिन्दुमा रहेको समयमा बजार पुँजीकरण १ करोड ५९ लाख ३४ हजार ६९६ करोड भारतीय रुपैयाँ थियो । यो अहिलेसम्मकै उच्च हो ।

एशियाली सेयर बजारमा आएको गिराटवले भारतीय सेयर बजारलाई समेत प्रभावित गरेको छ । अमेरिकी सेयर बजारमा आएको गिरावटको कारण एशियाली सेयर बजार ५ प्रतिशतसम्म घटेको छ ।

एशियाली सेयर बजारमा ताइवानको सेयर सूचांक ५.२१ प्रतिशत,जापानको निक्की ३.७,कोरियाको कोस्पी २.९ तथा सांघाई स्टक एक्सचेन्ज २.४ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु