वुध्द एयरको २१ बर्षे यात्राः अन्तर्राष्ट्रिय उडानमा ३० प्रतिशत सर्बसाधारणको सेयर रहने बेग्लै कम्पनी



काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा कम्पनी वुध्द एयर २१ बर्ष पूरा भएर २२औं बर्षमा प्रवेश गरेको छ । यो अवधिमा राम्रो नाफा गरिरहेको बुद्ध एयर अब छुट्टै कम्पनी स्थापना गरेर अन्तर्राष्ट्रिय वायुसेवा प्रदान गर्ने तयारीमा छ ।

सन् १९९७ अक्टोबर ११ मा वुध्दले पहिलोपटक सगरमाथाको माउन्टेन फ्लाइट गरेर आफ्नो ब्यवसायिक यात्रा सुरु गरेको थियो ।

अन्तराष्ट्रिय उडानका लागि छुट्टै कम्पनी स्थापना गरेर त्यसमा सर्बसाधारणको बाहुल्य सेयर रहने गरी सेवा संचालन गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

‘हामीले सेवा संचालन गरेको २१ बर्ष पूरा भएको छ, अब अन्तराष्ट्रिय उडानको लागि छुट्टै कम्पनी स्थापना गर्छाैं र त्यो कम्पनीमा सर्बसाधारणको ७० प्रतिशत सेयर हुनेछ,’ प्रबन्ध निर्देशक बस्नेतले भने ।

अहिले संचालनमा रहेका कुनै पनि वायुसेवा कम्पनीमा सर्बसाधारणको सेयर छैन । अहिले संचालनमा रहेकामध्ये वुध्दले नै सर्बसाधारणको ३० प्रतिशत सेयर हिस्सा भएको कम्पनी बनाउन लागेको हो ।

अन्तराष्ट्रिय उडानको लागि बेग्लै कम्पनी स्थापना गरेर सेवा संचालनको लागि कम्पनी धेरै लामो समय पनि नलिने बताएको छ ।

वुध्दको नयाँ कम्पनीले सन् २०२१ को अगष्ट १ देखि यस्तो कम्पनी मार्फत् अन्तराष्ट्रिय उडान सेवा प्रदान गर्नेछ । यस्तो उडान काठमाडौंबाट भने हुनेछैन । पोखरामा निर्माणधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बुद्धले चीन र भारतमा अन्तर्राष्ट्रिय उडान भर्ने प्रबन्ध निर्देशक बस्नेतले बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि वुध्दले फ्रान्सेली जहाज निर्माता कम्पनी बोइङका जहाज प्रयोग गर्नेछ । यसको लागि ‘बोइङ ७३७ म्याक्स’ सिरिजका जहाज संचालनमा ल्याउने बताइएको छ ।

वुध्द एयरले अहिले फ्रान्सेली कम्पनी एटिआरका ७२ सिट क्षमताका ६ वटा र ४७ सिट क्षमताका ३ वटा तथा बिचक्राफ्टका १८ सिट क्षमताका २ वटा गरी ११ वटा जहाजमार्फत सेवा प्रदान गर्दै आएको छ ।

वुध्दले अहिले नेपालगन्ज, भैरहवा, भरतपूर, सिमरा, जनकपूर, विराटनगर, भद्रपूर, पोखरा, धनगढी, सूर्खेछ र तुम्लिङटार जस्ता गन्तब्यमा सेवा संचालन गरिरहेको छ । बुद्धले अहिले पनि माउन्टेन फ्लाइट र अन्नपूर्ण माउन्टेन फ्लाइट संचालन गरिरहेको छ ।

वुध्दले अहिले साताको २ वटा भारतको बनारससम्मको उडान पनि भरिरहेको छ । बुद्धले सन २०१४ को अक्टोबर २ देखि बनारस उडान सेवा संचालन गरेको हो ।

पहिलो उडान माउन्टेन फ्लाइट (सगरमाथाको उडान) गरेर सेवा सुरु गरिएको बुद्ध एयरका मार्केटिङ म्यानेजर विनिता थापाले जानकारी दिइन् ।

सो उडानमा क्याप्टेन आरके शर्मा थिए भने क्याप्टेन अमेरिकी नागरिक केभिन जर्मेन थिए । पहिलो पटक यात्रा गर्ने यात्रु १६ जना थिए । गत वर्ष वुध्द एयरले १२ लाख १२ हजार यात्रु उडान भरेको थियो ।

अहिले बुद्धले लोभलाग्दो ब्यवसायिक सफलता प्राप्त गरेको छ ।

‘हामीले दैनिक ९३ वटा उडान गरिरहेका छौं, बजार हिस्सा ५१ प्रतिशत पुगेको छ, यात्रुको माया र हामीप्रति देखाउनु भएको सदासयताले नै यो सफलता प्राप्त गरेका हौं,’ थापाले भनिन् ।


पुष्प दुलाल