भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा



मेलम्ची । तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त परियोजनामा क्षति पुगेको थियो ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालित उक्त आयोजना पुनःनिर्माण भएपछि सोमबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

विपद्का कारण विभिन्न समयमा प्रसारण रोकिएको सो हाइड्रो पावरबाट उत्पादित विद्युत् ३३ केभिए ट्रान्समिसन लाइन हुँदै लामोसाँघु सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले ३१ करोड ८३ लाख २८ हजार बराबर सर्वसाधारणलाई शेयर निष्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयवासीलाई छ करोड ५० लाखको शेयर निष्कासन गर्ने आयोजनाले जनाएको छ ।


क्लिकमान्डु