कलंकी नागढुंगामा आज पनि दिनभर बत्ती काटिने, यस्तो छ कारण




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारका कारण आज पनि कलंकी– नागढुंगा सडक खण्डमा दिनभर नै बत्ती काट्ने भएको छ ।

ढुंगेअड्डादेखि तीनथाना बसस्टपसम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि स्युचाटार सब स्टेशन बाट संचालीत बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिने भएको छ ।

प्राधिकरणका अनुसार तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत् काटिने छ ।

सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढे पछि पछिलो समयमा २४ घण्टा नै सडक विस्तारेका काम भइरहेकाले प्राधिकरणले समेत लाइन काटन थालेको हो ।


क्लिकमान्डु