२.५९ अंकले नेप्से घट्दा ३४ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक दोश्रो दिन सोमबार बढेको थियो । तर, फेरि आज तेश्रो दिन मंगलबार नेप्से परिसूचक २.५९ अंकले घटेको छ । ०.२१ प्रतिशतले नेप्से घट्दा १२१७.९३ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६० कम्पनीका १० लाख १८ हजार ७९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँ बराबरको कारोबार भएको हो ।
आजको नेप्से परिसूचक अनुसार अन्य समूहबाहेका अरु सबै घटेका छन् । अन्य समूह ११.६९ अंकले बढेको हो । नेप्से परिसूचकमा अन्य बाहेका सबै समूह राताम्मे भएको छ ।
बैंकिङ समूह ३.८९, होटल समूह २१.४३, विकास बैंक समूह १.३८, जलविद्युत समूह १२.८२, वित्तीय समूह १.०१, निर्जीवन बीमा समूह ३७.६४, उत्पादनमूलक समूह ११.८३, माइक्रोफाइनान्स समूह ७.६२ र जीवन बीमा समूह १८.६३ अंकले घटेका हुन् ।
यसैगरी आज नेपाल सेवा लघुबित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ६.८१ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल इस्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ४.१८ प्रतिशतले गुमाएका छन् ।