७.९९ अंकले बढ्यो नेप्से, ३७ करोडको कारोबार
काठमाण्डौ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक दोश्रो दिन सोमबार भने सुधार भएको छ । आज नेप्से परिसूचक ७.९९ अंकले बढेको छ । ०.६६ प्रतिशतले परिसूचक बढ्दा १२२२.३५ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६३ कम्पनीका १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको नेप्से परिसूचक अनुसार जलबिद्युत समूहबाहेक सबै समूह बढेका छन् । जलविद्युत समूह ३.०४ अंकले घटेको हो ।
त्यसैगरी, बैंकिङ समूह ७.७८, होटल समूह ४८.४३, विकास बैंक समूह १२.०७, वित्तीय समूह १.९२, निर्जीवन बीमा समूह २१.२८, उत्पादनमूलक समूह १३.५६, माइक्रोफाइनान्स ७.७९, जीवन बीमा समूह ६.३३ र अन्य समूह ६.९४ बढेका हुन् ।
यसैगरी, आज नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाई गरेका छन् भने मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.०० प्रतिशतले गुमाएका छन् ।