पूर्णिमा विकास बैंकले ६ प्रतिशत नगद लाभांस दिने



काठमाण्डौ । पूर्णिमा विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७४\०७५ को नाफा रकमबाट बोनस सेयर र नगद लाभांस वितरण गर्ने भएको हो । सञ्चालक समितिले निर्णय गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको छ ।

राष्ट्र बैंकबाट स्वीकृति आएपछि साधारण सभाबाट पारित गराई बोनस सेयर र नगद लाभांस बितरण गरिने प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश गुरुङले जनाएका छन् ।


क्लिकमान्डु