नेपाल सेवा लघुबित्तद्वारा ५ प्रतिशत नगद लाभांस घोषणा



काठमाण्डौ । नेपाल सेवा लघुबित्त संस्थाले ५ प्रतिशत नगद लाभांस बितरण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७४\०७५ को नाफा रकम ४१ लाख ९ हजार ३ सय ३५ रुपैयाँबाट ५ प्रतिशत रकम नगद लाभांस दिने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

सो निर्णय अनुसारको नगद लाभांस वितरणका गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति आएपछि आगामी साधारण सभाबाट अनुमोदन गराई नगद लाभांस वितरण हुने कम्पनी सचिव राकेश श्रेष्ठले जनाएका छन् ।


क्लिकमान्डु