नार्क बन्द गर्ने कृषि मन्त्री खनालको चेतावनी, भन्छन्- नार्क अहिले सुतिरहेको छ



काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले नेपालको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) सुतिरहेको बताएका छन् । उनले पछिल्लो समय नार्क सुतिरहेको भन्दै किसान आवास नबनाए त्यो बन्द गर्ने चेतावनी समेत दिएका हुन् ।

‘नार्कले किसान आवास बनाउनु पर्छ अनी त्यहाँ सिकारुलाई तालिम दिने र नयाँ बिउ बिजको बारेमा जानकारी दिइनु पर्छ, नत्र यो राख्दा नि हुन्छ हटाएपनि हुन्छ, यसको केही काम छैन,’ मन्त्री खनालले भने ।

क्लिकमाण्डुुसँगको कुराकानीमा मन्त्री खनालले भने–बैज्ञानिकहरु राम्रा छन्, तर काम केही छैन । यूनियन बढाउने बस्ने, बजेट बाँडफाड गर्ने भन्दा अरु कुनै काम नार्कमा हुन सकेको छैन ।

नार्कले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको भन्दै उनले अब चाँडै ५० देखि १ सय जना अट्ने किसान आवास निर्माण गर्न नार्कलाई निर्देशन दिए ।

किसान सिदै आउँछन्, बस्छन् । नार्कका बैज्ञानिकहरुले के समस्या छन्, त्यसमा के गर्नु पर्ने हो ? त्यो सबै हेर्नु पर्ने अन्यथा नार्क राखेर मात्र नहुने मन्त्री खनालको भनाई छ ।

उनले नार्कका जग्गाहरु किसानका हकमा प्रयोग गर्न निर्देशन दिए । उनले इलाम, डोटीमा नार्कको अथाह जग्गा भएको भन्दै त्यसलाई प्रयोग गर्ने उचित समय आएको बताए ।

बन्द कारखाना सञ्चालनमा ल्याउनु पर्छ
मन्त्री खनालले तत्कालीन राजा महेन्द्रले बनाएका संरचना प्रयोग गर्नु पर्ने बताए । महेन्द्रले त्यस बेला बाँकेमा कपास उद्योग, हेटाँैडामा कपडा बनाउने मिल र बुट्वलमा धागो बन्ने कारखाना बनाएका थिए, ती उद्योग अहिले बन्द छन्, तिनलाई सञ्चालन गर्नु पर्छ ।

ती बन्द उद्योगहरु सञ्चालनमा ल्याई त्यसबाट उत्पादन कपडाबाट सरकारी कर्मचारीहरुले लगाउने यूनिफर्म बनाउने सनिे उनले बताए । सरकारी कर्मचारीले अनिवार्य रुपमा नेपाल मै उत्पादन भएको कपडा लगाउनु पर्ने, त्यसका लागि पुराना उद्योग फेरी सञ्चालन गरेर भए पनि नेपाललाई विकास तर्फ डोराउनु पर्ने बताए ।

नार्कलाई १५ सय बिगा जग्गा छुट्टाएकोमा ५ सय बिगा अरुले हडपेको, १ हजार बिगामा जमिनमा सुकुम्बासी बसोबास भएको र अहिले अढाइसे बिगा जग्गा मात्र बाँकी रहेको मन्त्री खनालले दाबी गरे ।


क्लिकमान्डु