फेदीखोला हाइड्रोपावर र विद्युत प्राधिरणबीच पीपीए, ६३ करोडमा साढे ३ मेवा विद्युत उत्पादन




काठमाडौं । नेपाल विद्युत प्राधिकरण र फेदीखोला हाइड्रोपावरबीच जलविद्युत खरिद सम्बन्धी सम्झौता भएको छ । फेदीखोलाले उत्पादन गर्न लागेको साढे ३ मेगावाट बिजुली प्राधिकरणले किन्ने सम्झौता (पीपीए) भएको हो ।

सो सम्झौतमा कम्पनीको प्राधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक जगदीश्वर मान सिंह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले हस्ताक्षर गरेका कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले भोजपूर जिल्लाको साल्पासिलिचो गाउँपालिकामा रहेको फेदी (थुम्लुङ) खोलाबाट ३.५३ मेगावाट विद्युत उत्पादन गर्न लागेको छ । सो आयोजना ६३ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।

सो आजोजनाबाट उत्पादित विजुली अपर इर्खुखोला जलविद्युत् आयोजना (१४.५ मेगावाट) को स्वीचयार्डसम्म ३३ के.भी प्रसारण लाईन र त्यसपछि १३२ के.भी. प्रसारण लाइन मार्फत संखुवासभाको सितलपाटीमा वन्ने २२० के.भी . सवस्टेशनमा जोडिने छ ।

सो आयोजनाले आगामी २०७९ सालको फागुन ३० गतेदेखि ब्यापारिक विद्युत उत्पादन गर्ने कम्पनीले बताएको छ ।


क्लिकमान्डु