शसस्त्र प्रहरीमा ४३ इन्स्पेक्टर र २३९ सइ पदका लागि जागिर खुल्याे



काठमाडाै । राेजगारीकाे खाेजी गरिरहेका  र सुरक्षा क्षेत्रमा प्रवेश गर्न चाहाने युवाहरूका लागि शसस्त्र प्रहरीमा ४३ जना  प्रहरी निरीक्षक (इन्पेक्टर) र दुई सय ३९ जना  प्रहरी सहायक निरीक्षक  (सइ) पदमा जागिर खुलेकाे छ ।

सशस्त्र प्रहरी बलकाे प्रधान कार्यालयले  नयाँ भर्नाको लागि  अाजै विज्ञापन निकालेकाे छ । फाराम भर्न इच्छुक अाबेदकहरूले सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीमा फाराम बुझाउन सक्नेछन ।

सशस्त्र प्रहरी निरीक्षकको लागि  २१ वर्ष पुरा भर्इ  २५ वर्ष ननाघेकाे  र स्नातक तह पुरा  गरेको हुनु पर्ने प्रावधान  छ भने  सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भर्इ २३ वर्ष ननाघेको हुनु पर्ने शसस्त्र प्रहरी बल, प्रधान कार्यालयले जनाएकाे छ ।

 


पुष्प दुलाल