कलंकीमा गण्डकी विकास बैंकको ७७ औं शाखा



काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडले काठमाण्डौ महानगरको वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । आगामी दिनमापनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।


क्लिकमान्डु