३.२३ अंकले घट्यो नेप्से, ४२ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहिबारपनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक ३.२३ अंकले घटेको हो । ०.२६ प्रतिशले घटदा नेप्से परिसूचक १२२७.३७ बिन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ८२ हजार ५ सय ५८ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ८६ लाख ४४ हजार ६ सय ६ रुपैंयाको कारोबार भएको छ ।
आज नेप्सेका ३ सूचक हरियो देखिएका छन् । ट्रेडिङ १.६९, वित्तीय १.३६ अंकले र जिवन बीमा ०.५५ अंकले बढेका छन् ।
बैंक २.८६, होटल २६.६९, विकास बैंक ४.०८, जलविद्युत १.०९, निर्जीवन बीमा १४.३,उत्पादन मूलक समूह ६.२५,अन्य ०.७८, माइक्रोफाइनान्स ११.२ अंकले घटेका छन् ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरैले नाफा कमाएका छन् । यस्तै, मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.३४ अंकले सबैन्दा धेरै घाटा व्यहोरेका छन् ।